अन्तर्राष्ट्रिय

उत्तर कोरियाली उच्च अधिकारी अमेरिका जाँदै

सोल - अमेरिका र उत्तर कोरियाबीच आगामी महिना शिखर वार्ताको तयारी भइरहेको बेला एकजना उत्तर कोरियाली उच्च अधिकारी मङ्गलबार अमेरिकाका लागि प्रस्थान गरेको समाचार छ।

उत्तर कोरियाका ती सैनिक जर्नेल मङ्गलबार चीनको बाटो हुदै त्यसतर्फ प्रस्थान गरेको अधिकारीहरुले जनाएका छन् । उनी यस वर्ष अमेरिका पुग्ने पहिलो सबैभन्दा उच्च अधिकारी रहेका पनि सो समाचारमा जनाइएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोग उनबीच आगामी जुन १२ मा सिंगापुरमा शिखर वार्ता हुने भएको छ।उक्त वार्ताको तयारीकै क्रममा ती अधिकारी अमेरिका प्रस्थान गर्नुलाई सकारात्मक रुपमा लिइएको छ । यसले सो वार्ताका लागि तयारी लगायतका अरु पनि कार्यमा सहजता थप्ने अनुमान पनि गरिएको अधिकारीहरुको भनाई छ ।

 गत आइतबार मात्र पनि केही अमेरिकी अधिकारी सम्मिलित प्रतिनिधिमण्डल उत्तर कोरिया पुगेको थियो । उक्त प्रतिनिधिमण्डलमा सहभागीहरुले त्यहाँका उच्च अधिकारीसँग भेटवार्ता र आगामी शिखर वार्ताको तयारीका बारेमा व्यापक परामर्श गरेका थिए।आगामी जुन १२ मा सिंगापुरमा हुने भनिएको सो शिखर वार्ता निर्धारित समयमै हुने भएपछि त्यसको आन्तरिक तयारी शुरु भएको दुबैतर्फका अधिकारीहले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत आइतबार नै ट्वीट गर्दै अमेरिकाको एक प्रतिनिधिमण्डल उत्तर कोरिया पुगेको र
त्यस प्रतिनिधिमण्डलले सोमबार र मङ्गलबार पनि उक्त वार्ताको बारेमा निरन्तर रुपमा परामर्श गरेको बताएका थिए।मङ्गलबार अमेरिकाको लागि हिँडेका उत्तर कोरियाका जर्नेल किम योङ चोलले पनि अमेरिकामा उच्च अधिकारीहरुसँग भेटगरी प्रस्तावित दुई देशको वार्ताको बारेमा तयारी गरेका बताएका छन्।

 

 

प्रकाशित: १५ जेष्ठ २०७५ ०७:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App