अन्तर्राष्ट्रिय

अमेरिकाको एक विद्यालयमा गोली चल्यो, दश जनाको मृत्यु

हाउसटन – अमेरिकाको हाउसटनमा रहेको सान्ट फे हाइस्कुलमा एक जना बन्दुकधारीले गोली चलाउदा दश जनाको मृत्यु भएको छ। 

टेक्सास राज्यमा पर्ने हाउसटनको दक्षिण पूर्वीक्षेत्रमा रहेको सो विद्यालयमा शुक्रबार बिहान गोलीकाण्ड भएको टेक्सासका गभर्नर जर्ज अब्बोटले जानकारी दिएका छन। 

विद्यालयनजिकै आयोजित पत्रकार सम्मेलनमा उनले घटनाका कारण अत्यन्त मर्माहित भएको बताए। 

घटनामा परी अरु दश जना घाइते भएका गभर्नर अब्बोटले पत्रकारलाई थप जानकारी दिए। 

प्रकाशित: ५ जेष्ठ २०७५ ०९:५० शनिबार

अमेरिकाको विद्यालयमा गोली चल्यो दश जनाको मृत्यु