अन्तर्राष्ट्रिय

कर्नाटकमा भाजपाको सरकार, येदियुरप्पा बने मुख्यमन्त्री

नयाँ दिल्ली– भारतको कर्नाटक राज्यमा सत्तारुढ भारतीय जनता पार्टीको सरकार बनेको छ। 

कांग्रेसको समर्थनमा जेडिएसले सरकारमा दाबी गरेका बेला भाजपाका बीएस येदियुरप्पाले विहीबार कर्नाटकका राज्यपाल वजूभाई वालाको हातबाट मुख्यमन्त्री पदको सपथ लिएका छन्। सपथसँगै उनले २५ औं मुख्यमन्त्रीका रुपमा कार्यभार सम्हालेका छन्। 

कर्नाटकमा तेस्राेपटक मुख्यमन्त्रीकाे कार्यभार सम्हालेका येदियुरप्पाले अबकाे १५ दिनभित्र विधानसभामा विश्वासकाे मत लिनुपर्ने छ।

यसबारे सञ्चारकर्मीसँग कुरा गर्दै येदियुरप्पाले संसदमा विश्वासकाे मत देखाउने र आफ्नो सरकार ५ वर्ष टिक्ने दाबी गरे। आफू सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता जनाउँदै उनले राज्यको विकास र प्रगति आफ्नो लक्ष्य भएको सुनाए।

भर्खरै सम्पन्न विभानसभा निर्वाचनमा भाजपाले १०४ सीट जितेको थियो भने कांग्रेसले ७८, जेडिएसले ३८ तथा अन्यले २ सीट ल्याएका थिए। 

प्रकाशित: ३ जेष्ठ २०७५ १०:३२ बिहीबार

कर्नाटकमा भाजपाको सरकार येदियुरप्पा बने मुख्यमन्त्री