अन्तर्राष्ट्रिय

इरानको केन्द्रीय बैंकका प्रमुखलाई आतंकवादीकाे संज्ञा

तस्विर : एजेन्सी

 तेहरान -अमेरिकाले इरानको केन्द्रीय बैंकका प्रमुख वालियोल्ला शेफलाई आतंकवादीकाे संज्ञा दिँदै उनीमाथि आर्थिक प्रतिबन्ध लगाएकाे छ। 

 यस निर्णयसँगै अमेरिकाले इरानलाई विश्वको आर्थिक प्रणालीबाट हटाउने मनसाय लिएकाे अांकलन गरिएकाे छ। अमेरिकाको अर्थ मन्त्रालयले इरानको केन्द्रीय बैंकका गभर्नर वालियोल्ला शेफमाथि इरानसमर्थित आतंकवादी संगठन हिज्बुल्लालाई लाखौं डलर दिएको आरोप लगाएको छ। 

अर्थ मन्त्रालयका सचिव स्टिभन मिहनूशीलले शेफलाई आतंकवादी घोषणा गरिएकाे दाबी गरे। शेफसँग कारोबार गर्ने जो कोही पनि अमेरिकी आर्थिक प्रणालीबाट बाहिरिन सक्नेछ।

प्रकाशित: २ जेष्ठ २०७५ ०६:४१ बुधबार

इरानको केन्द्रीय बैंकका प्रमुखलाई आतंकवादीकाे संज्ञा