अन्तर्राष्ट्रिय

भारतमा हावाहुरीमा परी मृत्यु हुनेहरूकाे संख्या ४९ पुग्याे

नयाँ दिल्ली-  भारतमा हावाहुरीमा परी मृत्यु  हुनेहरूकाे संख्या ४९ पुगेकाे छ। भारतकाे राजधानी  नयाँ दिल्लीसहित देशका विभिन्न क्षेत्रमा अाइतबार आएको हुरीले रुख र बिजुलीका पोल ढाल्दा मानिसकाे मृत्यु भएकाे हाे।

मृत्यु हुनेहरूमा सबैभन्दा बढी उत्तरप्रदेशका मानिसहरू रहेकाे भारतीय सञ्चार माध्यमहरूमा उल्लेख गरिएकाे छ। हावाहुरीबाट थुप्रैं मानिस घाइते भएका छन् ।भने रेल,हवार्इ तथा सडक यातायात समेत  अवरुद्ध भएको छ।

प्रकाशित: ३१ वैशाख २०७५ ०६:०१ सोमबार

भारतमा हावाहुरीमा परी मृत्यु हुनेहरूकाे संख्या ४९ पुग्याे