अन्तर्राष्ट्रिय

पश्चिम भारतमा सडक दुर्घटना, आठको मृत्यु

नयाँ दिल्ली– पश्चिमी भारतीय राज्य महाराष्ट्रमा शनिबार बिहान भएको एक सडक दुर्घटनामा परी कम्तीमा आठ व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई जना घाइते भएका छन् ।

प्रहरी स्रोतले शनिबार सो जानकारी दिएको हो । महाराष्ट्र राज्यको ओैरंगाबाद जिल्लाको एक गाउँमा पानीको ट्याङ्करसँग एक सावारी साधन ठोक्किँदा सो घटना भएको बताइएको छ।

शुक्रबार अबेर राति भएको यस घटनामा घाइते भएका दुवै जनाको अवस्था चिन्ताजनक रहेको छ । यद्यपी यी दुई व्यक्तिको राज्यद्वारा सञ्चालित अस्पतालमा उपचार भइरहेको छ । शुक्रबार भएको यस दुर्घटनाको कारण बारे अनुसन्धान भइरहेको सरकारी अधिकारीले जानकारी दिएका छन् ।

भारत विश्वको तुलनामा अत्याधिक दुर्घटना हुने देशको सुचिमा पर्दछ । सडकको अवस्था नाजुक, मर्मत संभारमा कमि र चालकको लापर्वाही नै भारतमा सडक दुर्घटनाको प्रमुख कारण भएको विज्ञहरुको भनाइ रहेको छ ।

प्रकाशित: २९ वैशाख २०७५ १०:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App