अन्तर्राष्ट्रिय

भारतको उत्तर प्रदेशमा भारी वर्षा,  १८ को मृत्यु

नयाँ दिल्ली – उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा वर्षा र आँधीका कारण भएका दुर्घटनामा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या १८ पुगेको अधिकारीले शुक्रबार जानकारी दिएका छन्। 

यस प्रकोपमा परी बिहीबार बेलुकासम्म १६ व्यक्तिको मृत्यु भएको बताइएको थियो। इतावाह र आग्रामा थप दुई व्यक्तिको मृत्यु भएको बताइएको छ। 

अल इन्डिया रेडियाका अनुसार वर्षा र आँधी सम्बन्धित घटनाबाट प्रभावित आग्रा, फिरोजबाद र मथुरामा ठूलो संख्याका नागरिक प्रभावित भएका छन्। 

यसैगरी दक्षिण भारतको आन्ध्रप्रदेशमा एक डुङ्गामा शुक्रबार आगलागी भएको समाचार प्राप्त भएको छ। 

गोदावरी नदीमा सवार सो डुङ्गामा एक सय जना व्यक्ति रहेका अधिकारीले जनाएका छन्। यस दुर्घटनाको विस्तृत विवरण र हताहतको कुनै समाचार भने प्राप्त नभएको जनाइएको छ। 

प्रकाशित: २८ वैशाख २०७५ १०:२० शुक्रबार

भारतको उत्तर प्रदेशमा भारी वर्षा  १८ को मृत्यु