अन्तर्राष्ट्रिय

ट्रम्प - किम भेटवार्ता जुन १२ मा तय

वासिंटन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोग उनबीच  आगामी जुन १२ मा भेटवार्ताको मिति तय भएको छ।

 उनीहरूबीच सिंगापुरमा भेटवार्ता हुने निश्चित भएको छ । भेटको स्थान र समय ट्वीटमार्फत् सार्वजनिक गर्दै राष्ट्रपति ट्रम्पले किम र आफूले यो भेटलाई विश्व शान्तिका लागि विशेष क्षण बनाउन प्रयास गर्ने पनि उल्लेख गरेका छन्।

बुधबार अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ उत्तर कोरिया पुगेपश्चात्  उत्तर कोरियाले तीन अमेरिकी बन्दीलाई रिहा गरेको थियो।गत महिना उत्तर कोरियाली नेता किम पहिलो पटक दक्षिण कोरिया गएका थिए।

प्रकाशित: २८ वैशाख २०७५ ०२:१९ शुक्रबार

ट्रम्प - किम भेटवार्ता जुन १२ तय