अन्तर्राष्ट्रिय

अमेरिकी विदेशमन्त्री पोम्पेओ उत्तर कोरियामा

प्योङयाङ – अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ अकस्मात उत्तर कोरिया पुगेका छन्। अमेरिकी विदेशमन्त्रीका रुपमा भएको उत्तर कोरियाको यो एक दुर्लभ भ्रमण हो।

बुधबार बिहान उत्तर कोरियाली राजधानी प्योङयाङ अवतरण गर्दा विशेष सुरक्षा व्यवस्था मिलाइएको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी केही हप्तामा उच्चस्तरीय भेटवार्ताको तयारी भइरहेको बेला विदेशमन्त्री पेम्पेओ उत्तर कोरिया पुगेका हुन्।

यस भ्रमणलाई अर्थपूर्णरुपमा लिइएको छ। उनले यी दुई देशका उच्च नेताबीच हुन लागेको आसन्न वार्ताको वातावरण बनाउने अपेक्षा गरिएको छ।

उनी अघोषित भ्रमणका लागि त्यहाँ गएका हुन। यसबाट अमेरिका र कोरियाबीच हुने भनिएको आसन्न उच्चस्तीय वार्ताको सफलताका लागि सहयोग मिल्ने अपेक्षा गरिएको छ।

प्रकाशित: २६ वैशाख २०७५ ११:१२ बुधबार

अमेरिकी विदेशमन्त्री पोम्पेओ उत्तर कोरियामा