अन्तर्राष्ट्रिय

रुसी हेलिकोप्टर सिरियामा दुर्घटना, दुई चालकको मृत्यु

मस्को- रुसको एक हेलिकोप्टर सिरियामा दुर्घटनाग्रस्त भएको छ । सोमबार साँझ भएको सो दुर्घटनामा परी उक्त हेलिकोप्टरका दुई जना चालकको ज्यान गएको बताइएको छ। 

रुसी रक्षा मन्त्रालयले विज्ञप्ति प्रकाशन गरी सो दुर्घटनामा परी दुई जना चालकको ज्यान गएको जानकारी दिएको समाचारमा जनाइएको छ। 

रुसी समाचार समिति इतार तासले जनाएअनुसार उक्त दुर्घटनाको कारण प्राविधिक गडबढी हुनसक्ने अनुमान गरिएको छ। सिरियामा यसै हप्तामात्र यो दोस्रो हेलिकोप्टर दुर्घटनाग्रस्त भएको हो। 

यसअघि गत मे ३ मा पनि रुसी सेनाको एक हेलिकोप्टर सिरियामा दुर्घटनाग्रस्त भएको थियो। त्यसमा पनि दुई जना चालक नै मारिएका थिए। 

प्रकाशित: २५ वैशाख २०७५ ०९:१४ मंगलबार

रुसी हेलिकोप्टर सिरियामा दुर्घटना दुई चालकको मृत्यु