अन्तर्राष्ट्रिय

पत्थर खानीमा पहिरो जाँदा १७को मृत्यु, नौ घाइते

याङगोन – म्यानमारको एक पत्थर खानीमा पहिरोमा जाँदा १७ जनाको मृत्यु भएको छ ।

म्यानमारको कराँची राज्यमा रहेको वाकखार नजिकै शुक्रबार बिहानै सो पहिरो गएको प्रहरीले जनाएको छ। 

स्थानीय प्रशासक निलार मिन्टीले भने “चट्टानको ठूलो पर्खाल नै मानिसहरु माथी खसेपछि खानीमा कार्यरत मजदूरको मृत्यु भएको छ।” 

“हामीले अहिले १७ जनाको शव निकालेका छौं, अरु नौ जना घाइते भएकाले उनीहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ,” उनले थपे। 

उद्धारमा खटिएकाहरूमध्ये अर्को एक श्रोतले दिएको जानकारी अनुसार मृत्यु हुनेहरुको संख्या बढ्ने सम्भावना रहेको छ। 

त्यस क्षेत्रमा विनाशकारी पहिरो यसअघि पनि बेला बेलामा गइरहेको थियो भने सन् २०१५ को नोभेम्बरमा एक सय भन्दा बढीको मृत्यु भएको थियो। त्यस्ता अरु घटनाहरुमा परी अरु कैयौंको मृत्यु भएको थियो भने सयौँ अन्य घाइते भएका थिए। 

प्रकाशित: २१ वैशाख २०७५ १५:५३ शुक्रबार

पत्थर खानीमा पहिरो जाँदा १७को मृत्यु घाइते