अन्तर्राष्ट्रिय

मोदीलाई प्रश्न– विवाद सुल्झाउन चीन गएको की चिया पिउन ?

नयाँ दिल्ली– भारतीय कांग्रेसले प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणको कडा आलोचना गरेको छ। कांग्रेस प्रवक्ता पवन खेडाले कुनै एजेण्डाविना चिया पिउन मात्रै चीन जानु गलत भएको टिप्पणी गरे। ‘प्रधानमन्त्री चिया पिउन चीन गएका हुन की विवाद सुल्झाउन?’ उनले प्रश्न गरे।

यो प्रधानमन्त्रीको निजी भ्रमण नभएको, उनका साथमा वरिष्ठ अधिकारी पनि गएको भन्दै यस्तो भ्रमणमा कुनै एजेण्डा प्रस्तुत नहुनु दुःखद भएको कांग्रेसले टिप्पणी गरेको छ। ‘प्रधानमन्त्रीले त्यहाँ गएर मौससबारे चर्चा गरे। ढुंगामा सयर गरे। यसबाट भारतको सुरक्षा र देशका नागरिकलाई के फाइदा भयो। तपाई जनताको कर रकममा चीन जानुभएको हो। यस्तोमा चीनसँग चलिरहेको विवाद, दोक्लम लगायत विषयमा चर्चा हुनुपर्थ्यो’, प्रवक्ता खडाले भनेका छन्।

जुन देशसँग झगडा चलिरहेको छ, उसैसँग चिया पिउन प्रम जानुहुन्छ भन्दै उनले विदेश नीति कसले चलाइरहेको भनी प्रश्न उठाए। 

यद्यपी विदेश मन्त्रालयले भने शनिबार विज्ञप्ति जारी गर्दै मोदीको २ दिने भ्रमणमा विभिन्न समझदारी भएको जानकारी दिएको थियो। 

प्रकाशित: १६ वैशाख २०७५ ०८:०६ आइतबार

मोदीलाई प्रश्न– विवाद सुल्झाउन चीन गएको की चिया पिउन