अन्तर्राष्ट्रिय

किम- मुन ऐतिहासिक वार्ता जारी

तस्विर : एजेन्सी

साेल - उत्तर कोरियाली नेता किम जोग उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनबीच ऐतिहासिक शिखर वार्ता जारी रहेकाे छ।

अन्तरकोरियाली वार्ताका लागि उत्तर कोरियाली नेता किम उत्तर कोरियाको सीमा पार गरेर दक्षिण कोरियाली भूभाग पुगेका हुन्।सन् १९५३ मा कोरियाली युद्धको अन्त्यपछि दक्षिण कोरियाको भूमि टेक्ने किम पहिलो उत्तर कोरियाली नेता हुन्।

उत्तर कोरियाले आणविक हतियार छाड्न गरेको संकेतका विषयमा ऐतिहासिक वार्ता भएकाे हाे।उत्तर कोरियाले परमाणु कार्यक्रम स्थगित गर्ने घोषणा गरेसँगै कोरियाली प्रायद्विपमा शान्तिको सम्भावना बढ्दै गएको छ।

प्रकाशित: १४ वैशाख २०७५ ०३:४२ शुक्रबार

किम- मुन ऐतिहासिक वार्ता जारी