अन्तर्राष्ट्रिय

अमेरिकामा १० हजार सरकारी कर्मचारीको जागिर संकट : कार्यालय गेटमै रोकिए कर्मचारी

अमेरिकामा संघीय स्वास्थ्यकर्मीहरूको जागिर कटौती सुरु भएको छ। मंगलबार कर्मचारीहरूलाई कार्यालयको गेटमै रोकिएको थियो। त्यसपछि यो कटौतीको वास्तविकता बाहिर आएको हो।  

यी कटौतीमा धेरै शीर्ष अधिकारीहरू पनि समावेश छन्। अमेरिकी स्वास्थ्य सचिव (मन्त्री) रोबर्ट एफ. केनेडीले गत हप्ता स्वास्थ्य तथा मानव सेवा विभागबाट १० हजार कर्मचारी हटाउने घोषणा गरेका थिए।  

राष्ट्रपतिको कार्यालयले गत हप्ता खाद्य तथा औषधि प्रशासन (एफडीए) बाट तीन हजार ५०० कर्मचारी कटौती गर्ने योजना सार्वजनिक गरेको थियो।  

त्यस्तै, रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) बाट दुई हजार ४०० कर्मचारी र राष्ट्रिय स्वास्थ्य संस्थान (एनआईएच) बाट एक हजार २०० कर्मचारी हटाउने बताइएको छ।

प्रकाशित: २० चैत्र २०८१ ०७:४९ बुधबार