अन्तर्राष्ट्रिय

प्रधानन्यायाधीशविरुद्धको महाभियोग खारेज

नयाँ दिल्ली– भारतमा प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्ताव खारेज भएको छ। न्यायालयमा ऐन कानूनभन्दा पनि एकपक्षीय भएर प्रधानन्यायाधीश दीपक मिश्राले पद र कार्यालयको अपमान गरेको भन्दै कांग्रेससहित विपक्षी दलहरुले ल्याएको महाभियोग प्रस्ताव उपराष्ट्रपति एवं राज्यसभाका सभापति वेंकैया नायडूले सोमबार खारेज गरिदिएका हुन्। 

उपराष्ट्रपति नायडूले आफूले ५ कोणबाट महाभियोग प्रस्तावको अध्ययन गरेको र त्यसमा प्रधानन्यायाधीशले गरेको भनिएको खराब व्यवहार पुष्टि नभएको बताए। आरोपहरुमा जाँच गर्दा मिश्रा दोषी नभेटिएको उनको भनाई छ। 

महाभियोग प्रस्ताव खारेज भएपछि कांग्रेससहित विपक्षी दलहरुले सर्वाेच्च अदालतमा रिट निवेदन दर्ता गर्ने तयारीमा छन्। यसका लागि विपक्षी नेताले कानूनविद् सँग परामर्श गरिरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। 

प्रकाशित: १० वैशाख २०७५ ०८:३८ सोमबार

प्रधानन्यायाधीशविरुद्धको महाभियोग खारेज