अन्तर्राष्ट्रिय

वायु प्रदूषणबाट चीन र भारतमा सबैभन्दा बढी मृत्यु

न्युयोर्क– वायु प्रदूषणबाट चीन र भारतमा सबैभन्दा बढी मानिसको मृत्यु भएको तथ्य सार्वजनिक भएको छ।

अमेरिकास्थित हेल्थ इफेक्ट इन्स्टिट्युटले विश्वभर हावामाथि गरेको अध्ययनमा चीन र भारतमा सबैभन्दा बढी प्रदूषण देखिएको छ र यसको मात्रा निरन्तर बढ्दो छ। यी देशमा प्रदूषणकै कारण आधाभन्दा बढी मानिसको ज्यान जाने गरेको अध्ययनमा देखाइएको छ।

रिपोर्टका अनुसार चीनको पीएम२.५ प्रदूषण स्तर स्थिर हुन सुरु गरेको छ। तर भारतको प्रदूषण स्तर अझै बढिरहेको छ।
वायु प्रदूषणबाट हुने मृत्युदर १९९० देखि २०१० सम्म दुबै देशमा कमी आएपनि पछिल्लो समय बढिरहेको छ। भारतमा २०१० पछि २०१६ सम्म प्रदूषणको स्तर निकै बढेको तथ्यांक छ। 

वायु प्रदूषणबाट विकासशील देशमा ७० वर्ष र यो भन्दा बढी उमेरका मानिसहरुमा नसर्ने रोग बढिरहेको छ। पीएम२.५ प्रदूषणका कारण इस्कामिक हर्टसँग सम्बन्धित रोगहरु लाग्छ, जसले जीवनको १६.२ प्रतिशत उमेर घटाउँछ। चीनमा यो आँकडा १६.२ प्रतिशत छ। यस्तो प्रकारको रोगलाई चीनमा डिसेबिलिटी एडजस्टिड लाइफ यर्स (डीएएलवाईएस) भनिन्छ। यता भारतमा यो आँकडा १७.८ प्रतिशत छ।

प्रकाशित: ६ वैशाख २०७५ १२:३३ बिहीबार

वायु प्रदूषणबाट चीन भारतमा सबैभन्दा बढी मृत्यु