भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयले नेपाली विद्यार्थीलाई कुट्दै होस्टेलबाट निकालेको छ।
विश्वविद्यालयमा अध्ययनरत एक नेपाली विद्यार्थीका अनुसार नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती कुट्दै बाहिर निकालेको बताएका हुन्।
विद्यार्थी भन्छन्, 'हामी विश्वविद्यालयमा छौँ। विश्वविद्यालयले नेपाली विद्यार्थीलाई बाहिर निकालेका छन्। विद्यार्थीहरूलाई कुट्दै निकालेका छन्। करिब ७ देखि ८ सय नेपाली विद्यार्थीहरूलाई होस्टेलबाट कुट्दै बाहिर निकालिएको छ। विश्वविद्यालयले सबै नेपाली विद्यार्थीलाई ससपेन्ड गरिदिएको छ।'
केआईआईटी विश्वविद्यालयमा कम्प्युटर इन्जिनियरिङ्ग अध्ययनरत तेस्रो वर्षकी छात्रा प्रकृति लम्साल होस्टेलको आफ्नै कोठामा आइतबार साँझ मृत फेला परेकी थिइन्।
विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्राको आत्महत्यापछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरू आन्दोलित बनेका थिए।
प्रकाशित: ५ फाल्गुन २०८१ १५:३२ सोमबार