अन्तर्राष्ट्रिय

सिङ्गापुरमा एक तिहाइले बढे लागूऔषध प्रयोगकर्ता

सिङ्गापुरमा सन् २०२४ मा पक्राउ परेका लागूऔषध दुर्व्यसनीहरूको सङ्ख्या बढेको गृह मन्त्रालयले मङ्गलबार एउटा प्रतिवेदनमार्फत जनाएको छ। 

सन् २०२४ मा पक्राउ परेका लागूऔषध दुर्व्यसनी मध्ये आधा भन्दा बढी ३० वर्ष भन्दा कम उमेरका थिए। बीस वर्ष मुनिका दुर्व्यसनीहरूको सङ्ख्या सन् २०२३ को तुलनामा झन्डै एक तिहाइले बढेको छ।

मन्त्रालयले सिङ्गापुर विश्वव्यापी जोखिममा रहेको चेतावनी दिएको छ, किनकि अवैध लागूऔषध बजार विस्तार भइरहेको छ।

मन्त्रालयले अवैध लागू औषधि तस्कर र लागूपदार्थको कथित फाइदाहरूको बारेमा गलत जानकारी फैलाउन सोसल मिडिया प्लेटफर्म र इन्क्रिप्टेड कम्युनिकेसन एप्सको दुरुपयोग गरिरहेको बताएको छ।

बहुआयामिक दृष्टिकोणको आवश्यकतामा जोड दिँदै मन्त्रालयले लागूऔषध नियन्त्रण शिक्षा, कडा कानुन, कडा कार्यान्वयन र औषधविरुद्धको लडाइमा समुदायको सहयोगको महत्त्वलाई जोड दिएको छ। सिन्ह्वा 

प्रकाशित: ३० माघ २०८१ १०:२४ बुधबार