अन्तर्राष्ट्रिय

गोलीबाट बचाउने ‘कमाण्डो’ का लागि ट्रम्पले खोले दिल, बनाए सीक्रेट सर्विसको प्रमुख

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आफ्नै शैली छ। जब अवसर आउँछ, उनले आफ्ना विपक्षीहरूसँग स्कोर मिलाउँछन् र आफ्ना नजिकका, बफादार र सहयोगीहरूलाई उदार रूपले पुरस्कार पनि दिन्छन्। यसको झलक ट्रम्पको क्याबिनेटमा पहिलेदेखि नै देखिन्थ्यो। अब उनको आदेशमा पनि देखिरहेको छ।

अमेरिकाको पेन्सिल्भेनियामा चुनावी प्रचारप्रसार अभियानका क्रममा डोनाल्ड ट्रम्पमाथि भएको आक्रमणपछिको त्यो तस्बिर तपाईँलाई याद छ, जसमा सीक्रेट सर्विसका एजेन्टहरूले उनलाई सुरक्षा गरिरहेका छन्। त्यो तस्बिरमा एक विशेष अनुहार थियो, शान क्युरन। उनी अमेरिकी सीक्रेट सर्विस कमाण्डो थिए। जसले ट्रम्पलाई आक्रमणबाट बचाएका थिए। 

राष्ट्रपतिको शपथ ग्रहण गरेपछि ट्रम्पले क्युरनलाई उनको बहादुरीका लागि पुरस्कृत गरेका छन्। ट्रम्पले बुधबार अमेरिकी गुप्तचर सेवाको जिम्मेवारी क्युरनलाई हस्तान्तरण गरेका छन्। सीक्रेट सर्भिस एजेन्ट शान अब एजेन्सीको नयाँ प्रमुख हुने छन्।

के थियो घटना?

अमेरिकाको पेन्सिल्भेनियामा भएको चुनावी र्‍यालीका क्रममा ट्रम्पमाथि गोली प्रहार गरी आक्रमण गरिएको थियो। यस समयमा क्युरनमाथि ट्रमको सुरक्षाको जिम्मेवारी थियो। गोली ट्रमको कानलाई छोएर निस्किएको थियो। यस आक्रमणको तस्बिर भाइरल भएको थियो। जसमा कालो चश्मा लगाएर ट्रम्पको दाहिनेतर्फ उभिएका थिए क्युरने। यस आक्रमणका क्रममा ट्रम्पलाई र्‍याली स्थलबाट सुरक्षित रूपमा बाहिर निकाल्न भूमिका खेलेका थिए उनले। सीक्रेट सर्भिसको समीक्षा प्रतिवेदनमा बाहिरबाटै एजेन्सीका निर्देशक छान्न सिफारिस गरिएको थियो तर यो सिफारिसका बाबजुद ट्रम्पले क्युरनप्रति विश्वास व्यक्त गरेका छन्। एजेन्सी

प्रकाशित: १० माघ २०८१ ०९:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App