अन्तर्राष्ट्रिय

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यूनविरुद्ध पक्राउ पुर्जी जारी

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यून सुक योलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। सोलको एक अदालतले योलविरुद्ध ३ डिसेम्बरमा मार्शल ल लागू गर्ने प्रयास गरेको आरोपमा पक्राउ पुर्जी जारी गरेको हो।

विद्रोह र देशद्रोहको आरोपमा धेरै अनुसन्धानको सामना गरिरहेका योलले विगत दुई हप्तामा सोधपुछका लागि तीनवटा समनलाई बेवास्ता गरेपछि यो वारेन्ट आएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन्।

यून र उत्तराधिकारी दुवैलाई संसदद्वारा महाभियोग लगाइएको अल्पकालीन मार्शल ल घोषणापछि दक्षिण कोरिया राजनीतिक संकटमा छ। यून पक्राउको सामना गर्ने दक्षिण कोरियाको पहिलो वर्तमान राष्ट्रपति हुन्।

प्रकाशित: १६ पुस २०८१ १०:०९ मंगलबार

#NagarikNews #International