अन्तर्राष्ट्रिय

सिरियामा हवाई आक्रमणको तयारी

बेलायती वायुसेनाको लडाकु विमान । तस्बिर :एजेन्सी

वासिंटन -अमेरिका, फ्रान्स र बेलायतले सिरियामा संयुक्त आक्रमणको तयारी गरेका छन्।समाचार एजेन्सीहरुका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा टिमका सदस्यहरुसँग छलफल गरेका छन् भने फ्रान्सका राष्ट्रपतिसँगसमेत यसबारे छलफल गरेका छन्।

त्यस्तै बेलायतको मन्त्रिपरिषदले समेत सिरियामा आवश्यकताअनुसार कारवाहीका लागि प्रधानमन्त्री थेरेसा मेलाई अधिकार दिएको छ । प्रधानमन्त्री मेले मन्त्रिपरिषदका केही सदस्यसँग छुट्टै परामर्श गरेको बताएकाे छ।

यसअघि युरोपेली एयर ट्राफिक कन्ट्रोलले सिरियाको आकाश हुँदै उडान नगर्न विमान कम्पनीहरुलाई चेतावनी दिइसकेको छ । बिहीबार सिरियाको आकाश ७२ घण्टासम्मका लागि खतरायुक्त रहेको भन्दै विमान कम्पनीहरुलाई त्यस्तो चेतावनी दिइएको हो।

बेलायती संचारमाध्यमलले बेलायतको वायुसेनाले लडाकु विमानमा इन्धन भरेको तथा अन्य तयारी सुरु गरेको जानकारी दिएका छन् । केही संचारमाध्यमले वायुसेनाको अखडामा विमानलाई तयारी अवस्थामा राख्दै गरेको तस्वीरसमेत प्रकाशमा ल्याएका छन्।

प्रकाशित: १ वैशाख २०७५ ०१:४९ शनिबार

सिरियामा हवाई आक्रमणको तयारी