अजरबैजान एयरलाइन्सको यात्रुबाहक विमान कजाकस्तानमा दुर्घटनामा परेको समाचार छ । कजाकस्तानको अकताउ सहरमा बुधवार जहाज दुर्घटना भएको समाचार बिबिसीले लेखेको छ । जहाजमा ६७ जना यात्रु सवार रहेको बताइएको छ । प्रारम्भिक सूचनाका अनुसार यसमा यात्रुको हताहती भएको आसंका गरिएको छ ।
कजाकस्तानको आपद्कालीन मन्त्रालयले अहिले दुर्घटना स्थलमा जाने कोसिस भइरहेको छ । समाचार एजेन्सी रोयटर्सले रुसको समाचार एजेन्सीको हवाला दिँदै दुर्घटनाग्रस्त विमान अजरबैजान एयरलाइन्सको रहेको पुष्टि गरेको छ ।
सो जहाँ अजरबैजानको बाकुबाट रुसको चेचन्यामा रहेको ग्राजनीतर्फ गइरहेको थियो । बाक्लो कुहिरोका कारण जहाजले बाटो बदेको हुनसक्ने बताइएको छ ।
बिबिसी हिन्दीबाट
प्रकाशित: १० पुस २०८१ १३:४७ बुधबार