इजरायलका रक्षामन्त्री इजरायल काट्जले हमासका नेता हानियाको हत्या गरेको स्वीकार गरेका छन्।
इजरायलका रक्षामन्त्री काट्जले पहिलो पटक इजरायलले हमासका राजनीतिक विभाग प्रमुख इस्माइल हानियालाई यस वर्षको जुलाईमा इरानको राजधानी तेहरानमा मारेको स्वीकार गरेका हुन्।
आफ्नो भाषणमा उनले यमनमा इरान समर्थित हुथी समूहका नेताहरूलाई पनि निशाना बनाउने कुरा उल्लेख गरे। हानिया मारिँदा तेहरानको एउटा भवनमा थिए। त्यसबेला हमास र इरानले इजरायललाई हत्याका लागि जिम्मेवार ठहराए पनि कुनै प्रतिकृया जनाएको थिएन्।
यसबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमाससँग गाजामा युद्धविरामका लागि केही प्रगति भएको बताएका छन्। तर, यो सम्झौता कहिले हुन्छ भन्ने कुनै समय सीमा तोकिएको छैन।
हमास र इजरायलबीच ९० प्रतिशत वार्ता पूरा भइसकेको छ। तर केही महत्वपूर्ण विषयमा छलफल हुन बाँकी रहेको प्यालेस्टाइनका एक वरिष्ठ अधिकारीले बीबीसीलाई बताए।
प्रकाशित: ९ पुस २०८१ ०७:४५ मंगलबार