अन्तर्राष्ट्रिय

श्रीलङ्कामा नयाँ सभामुख चयन

श्रीलङ्काको संसदले मंगलबार सर्वसम्मतिले सत्तारूढ राष्ट्रिय जनशक्ति (एनपीपी) का सांसद जगथ विक्रमरत्नेलाई नयाँ सभामुख नियुक्त गरेको छ।

विक्रमरत्नेलाई प्रधानमन्त्री हरिणी अमरसूर्याले मनोनयन गरेका हुन्। साथै, उनको प्रस्तावलाई संसदीय दलका नेता विमल रत्ननायकले समर्थन गरेका थिए।

उपसभामुख रिजवी सालिहले सदनमा विक्रमरत्नेलाई नयाँ सभामुखमा सर्वसम्मतिले नियुक्त गरेको घोषणा गरे।

शैक्षिक योग्यतालाई लिएर विवाद भएपछि गत नोभेम्बर १३ मा पूर्व अध्यक्ष अशोक सपुमल रानवालाले राजीनामा दिएका थिए। यसअघि विपक्षी दलले सभामुखलाई जापानी विश्वविद्यालयबाट पीएचडी गरेको विषयमा झूट बोलेको आरोप लगाएका थिए। रासस/सिन्ह्वा

प्रकाशित: २ पुस २०८१ १३:२८ मंगलबार