अन्तर्राष्ट्रिय

सिरियामा मिसाईल आक्रमण गर्ने ट्रम्पको घोषणा

वासिंटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामाथि मिसाईल आक्रमण गर्ने घोषणा गरेका छन्।

सामाजिक सञ्जाल ट्वीटरबाट ट्वीट गर्दै यस्तो बताएका ट्रम्पले यसबारे तयार रहन रूसलाई चेतावनी समेत दिएका छन्। सिरियामा भएको रासायनिक हमलाको बदलाका रूपमा अमेरिकाले सिरियामाथि मिसाईल आक्रमण गर्ने घोषणा गरेको हो।

राष्ट्रपति ट्रम्पको उक्त घोषणामा अभिव्यक्ति दिँदै सिरियाली विदेश मन्त्रालयले सिरियाली विद्रोही समूहलाई सहयोग गर्दै आइरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उक्त अभिव्यक्तिलाई मनगणन्ते घोषणाको संज्ञा दिएको छ।

प्रकाशित: २९ चैत्र २०७४ ०६:३९ बिहीबार

सिरियामा मिसाईल आक्रमण गर्ने ट्रम्पको घोषणा