अन्तर्राष्ट्रिय

जेलबाट भाग्दा बीसको मृत्यु

रियो डि जानेरो –  ब्राजिलको उत्तरी क्षेत्रमा रहेको एउटा जेलबाट भाग्ने क्रममा कम्तीमा २० जनाको मृत्यु भएको छ। 

पारा प्रदेशको राजधानी बेलोममा रहेको सान्ता इजाबेल कारागारमा स्थानीय समयानुसार राति १ बजेतिर सो घटना भएको अधिकारीहरूले बताएका छन्  

कारागारमा रहेका कैदीहरूलाई भगाउन एउटा सशस्त्र समूहले कारागारमा आक्रमण गरेको सार्वजनिक सुरक्षा अधिकारीहरूले जानकारी दिएका छन्। 

मृत्यु भएका १९ जना मध्ये कोही कैदी र कोही उनीहरूका समर्थक भएको पहिचान भएको छ। मारिने एक जना भने सुरक्षा गार्ड रहेका छन्। 

घटनामा परी अन्य चार जना सुरक्षा गार्ड घाइते भएका समाचारमा जनाइएको छ। घाइतेमध्ये एक जनाको अवस्था भने गम्भीर रहेको छ। 

आक्रमणकारीहरूले कारागारको सुरक्षाका लागि खटिएका ६ जना सुरक्षाकर्मीलाई नियन्त्रणमा लिएर आक्रमण गरेका थिए। 

प्रकाशित: २८ चैत्र २०७४ ०९:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App