अन्तर्राष्ट्रिय

बेलायतमा देशव्यापी रेल सेवा अवरुद्ध, यात्रुहरूलाई समस्या

बेलायतमा शुक्रबार देशव्यापी रेल सेवा अवरुद्ध भएको छ। यात्रुहरूले बिहानदेखि समस्याको सामना गरिरहेकाे बेलायती सञ्चारमाध्यमले जानकारी दिएका छन्। समस्याका कारण नियमित रेल सेवा अवरुद्ध हुँदा केही रेल सेवा रद्द वा रुट परिवर्तनको सम्भावना रहेको छ।  

समस्या रेल चालक र सिग्नलरहरूको बीचको संचार प्रणालीसँग सम्बन्धित रहेको जनाइएको छ। यो समस्या स्थानीय समयअनुसार दिउँसोसम्म समाधान हुने जनािइएको छ। रेल यात्रुहरूलाई उनीहरूको रुटमा रेल चलिरहेको छ कि छैन भनेर एकिन गरेर आफ्नो यात्रा योजना अनुकूल बनाउन सल्लाह दिइएको छ।

प्रकाशित: २१ मंसिर २०८१ १४:१३ शुक्रबार

#Nationwide train service disrupted in Britain