अन्तर्राष्ट्रिय

सिरियामाथि सैन्य कार्वाही गर्ने ट्रम्पको चेतावनी

वासिंटन – सिरियामा रासायनिक हमला गर्नेलाई सैन्य कार्वाही गरिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएका छन्।

सिरियाको डुमामा भएको रासायनिक हमला गर्नेहरूमाथि गरिने कार्वाहीको विभिन्न विकल्पमध्ये अमेरिकी सैन्य कार्वाही उपयुक्त विकल्प भएको ट्रम्पको दाबी छ ।डुमामा भएको रासायनिक हमलामा कसको संलग्नता छ भन्ने बारे अमेरिकाले अनुसन्धान गरिरहेको ट्रम्पले बताए। संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले सिरियामा भइरहेको हिंसा फैलाउनमा रूसको संलग्नता रहेको बताउँदै आएकी छन्।

 

प्रकाशित: २७ चैत्र २०७४ ०५:३३ मंगलबार

सिरियामाथि सैन्य कार्वाही गर्ने ट्रम्पको चेतावनी