पाकिस्तानको खैबर पख्तुनख्वाको तल्लो कुर्रम क्षेत्रको ओचट क्षेत्रमा बिहीबार यात्रु भ्यानमा भएको बन्दुक आक्रमणमा ३८ जनाको मृत्यु भएको छ।
प्रहरीले तीन महिलासहित ११ जना घाइते भएको जानकारी दिएको छ। उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। खैबर पख्तुनख्वा सरकारका प्रवक्ता अनुसार, पहिला प्रहरीमाथि आक्रमण भएको थियो। त्यसपछि यात्रुवाहक गाडीलाई निशाना बनाइएको हो।
पाकिस्तानी अखबार डनका अनुसार घटना सिया समुदायका सदस्यलाई लक्षित गरेर भएको हो। संघीय सरकारमा गृहमन्त्री मोहसिन नकवीले शोक व्यक्त गर्दै पीडित क्षेत्रलाई आवश्यक सहयोग पुर्याउने प्रतिबद्धता जनाएका छन्।
अधिकारीहरुले निर्दोष मानिसलाई निशाना बनाउने कार्यलाई कायरतापूर्ण भनेका छन्।
प्रकाशित: ७ मंसिर २०८१ ०७:५० शुक्रबार