अन्तर्राष्ट्रिय

भारतको हिमाञ्चलमा स्कुल बस दुर्घटना, ३० को मृत्यु

नयाँ दिल्ली– भारतको हिमाञ्चल प्रदेशमा स्कुल बस दुर्घटना हुँदा ३० बालबालिकाको मृत्यु भएको छ।

हिमाञ्चलको कागडा जिल्लाको नुरपुर नजिकैको मलकवाल–ठेहड लिंक सडकमा निजी स्कुलको बस ७ सय मिटर तल खस्दा २७ बालबालिकासहित ३० जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ। स्थानीय प्रहरीका अनुसार मृतकमा ड्राइभर र शिक्षिका पनि छन्। 

५ विद्यार्थीलाई जिवितै उद्दार गरी अस्पताल पठाइएको छ। विपरित दिशाबाट आइरहेको मोटरसाइकल बचाउने क्रममा चालकले स्टेयरिंगको नियन्त्रण गुमाएपछि बस सडकबाट तल खसेको बताइएको छ। 

गुरचाल गाउँको बजीर राम सिंह पठानिया ममोरियल पब्लिक स्कुलको बस दिउँसो ३ बजे स्कुल विदा भएपछि विद्यार्थीलाई घरमा छोड्न निस्कने क्रममा दुर्घटनाग्रस्त भएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनाप्रति भारतीय प्रधानमन्त्री नरेद्र मोदीले दुःख व्यक्त गरेका छन्।

प्रकाशित: २६ चैत्र २०७४ १५:१२ सोमबार

भारतको हिमाञ्चलमा स्कुल बस दुर्घटना ३० को मृत्यु