अन्तर्राष्ट्रिय

बाओको अध्यक्षमा बान की मुन निर्वाचित

चीन- बाओ फोरम फर एसिया (बिएफए) को अध्यक्षमा संयुक्त राष्ट्रसंघका पूर्व महासचिव बान की मुन निर्वाचित भएका छ।  सोमबार चीनमा भएको निर्वाचनबाट मुनले जापानका पू्र्व प्रधानमन्त्री यासु फुकुदालाई विस्थापित गरेका हुन्। फुकुदा यसअघि अध्यक्ष थिए।

चीनका उपविदेशमन्त्री लि बाओडोङ सो फोरमको महासचिवमा नियुक्त भएको अधिकारीहरुले जनाएका छन्। उनीहरुसँगै बिएफएको बोर्ड सदस्यमा १९ जना निर्वाचित भएका छन्। निर्वाचित अन्य व्यक्ति पनि विश्वकै र एसियामै प्रभावशाली पूर्व सरकारी उच्च अधिकारीहरु, व्यवसायीक नेताहरु र प्रख्यात तथा प्रतिष्ठित व्यक्तिहरु रहेका छन्। 

बिएफए सन् २००१ मा स्थापना भएको गैरसरकारी र गैर नाफामूलक अन्तर्राष्ट्रिय संस्था हो। जसले क्षेत्रीय अर्थतन्त्र सुधार र विकासका लक्ष्य पूरा गर्नका लागि एसियाली देशहरुलाई सघाउने गर्दछ।  

यस वर्षको बिएफएको सम्मेलन यही अप्रिल ८ देखि ११ सम्म चीनको बाओमा चलिरहेको छ। बाओ चीनको दक्षिण द्विप प्रान्त हैनान सहर हो। यो सम्मेलनको यस पटकको मूलनारा “विश्वकै समृद्धिका लागि खुल्ला र नविन एसिया” रहेको छ। 

प्रकाशित: २६ चैत्र २०७४ १३:२८ सोमबार

बाओको अध्यक्षमा बान की मुन निर्वाचित