अन्तर्राष्ट्रिय

पाकिस्तानमा वायु प्रदूषणः १५ हजार अस्पताल भर्ना

पाकिस्तानमा वायु प्रदूषणका कारण १५ हजार बिरामी भएका छन्। वायु प्रदूषणका कारण श्वासप्रश्वासमा समस्या भएपछि उनीहरूलाई अस्पताल भर्ना गरिएको छ।

पाकिस्तानी समाचार संस्था डनका अनुसार विशेषगरी बालबालिका, दमका रोगी, श्वासप्रश्वासमा समस्या भएका र अन्य दीर्घरोगी अस्पताल भर्ना भएका हुन्।

पछिल्लो २४ घन्टामा पाकिस्तानको वायु प्रदूषणको तह १९०० पुगेको छ।

नासाको मोडरेट रेजोल्यून इमेजिङ्ग स्पेक्टर रेडियोमिटरले उत्तरी पाकिस्तानमा सबैभन्दा धेरै प्रदूषण देखिएको तस्बिर सार्वजनिक गरेको छ।

मुलुकमा देखिएको प्रदूषणलाई ध्यानमा राखी पाकिस्तान सरकारले निर्माण कार्य, उत्खनन् लगायतका कार्य बन्द गरेको छ भने ३ महिनाका लागि वैवाहिक कार्यक्रम पनि नगर्न आग्रह गरेको छ।

प्रकाशित: ३० कार्तिक २०८१ १०:१३ शुक्रबार

#Pollution in pakistan