अन्तर्राष्ट्रिय

दिल्लीमा प्रदूषणले पार गर्‍यो खतराको तह, आजदेखि विद्यालय बन्द

भारतको राजधानी दिल्लीमा आजदेखि विद्यालयहरू बन्द गरिएका छन्।

वायु प्रदूषणले खतराको तह पार गरेपछि दिल्लीका सबै प्राथमिक विद्यालयहरू आजदेखि अनिश्चितकालका लागि बन्द गरिएका हुन्। दिल्ली सरकारका अनुसार जबसम्म वायु प्रदूषणको तहमा सुधार हुँदैन तबसम्म विद्यालय बन्द रहने र अनलाइन माध्यमबाट पढाइ हुनेछ।

दिल्लीकी मुख्यमन्त्री आशितीले विद्यालय बन्द गर्न निर्देशन दिएकी हुन्।  

साथै दिल्लीमा हुने सबै निर्माण कार्य पनि आजदेखि बन्द गरिएका छन्। 

एयर क्वालिटी इन्डेक्सका अनुसार अहिले बिहान ७ः ३० बजे दिल्लीको एयर क्वालिटी ४९८ मापन गरिएको छ।

प्रकाशित: ३० कार्तिक २०८१ ०७:३० शुक्रबार

#delhi #Pollution in delhi