अन्तर्राष्ट्रिय

अमेरिका - उत्तर काेरिया वार्ता अागामी मेमा

 न्यूयाेर्क - आगामी मेमा उत्तर काेरिया र अमेरिकाबीच हुने वार्तामा आणविक हतियार भण्डारणका बारेमा छलफल गर्न उत्तर कोरिया तयार भएको अमेरिकाले बताएकाे छ।

 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच पहिलोपटक प्रत्यक्ष वार्ता गर्ने तयारी भएकाे हाे।

औपचारिक वार्ता हुनुअगाडि ट्रम्प प्रशासन र उत्तर काेरियाबीच अनाैपचारिक रुपमा पटक -पटक वार्ता हुँदै अाएकाे छ । उत्तर कोरियाले राजधानी प्योङयाङमा वार्ता गर्न तयारी गरेकाे भएतापनि अमेरिकाले स्वीकार गरेकाे छैन।

 

प्रकाशित: २६ चैत्र २०७४ ०६:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App