अन्तर्राष्ट्रिय

बाढीबारे ढिलो सूचना दिँदा ठूलो क्षति भएको भन्दै स्पेनका नागिरक सडकमा

स्पेनमा भीषण बाढी पछि स्थानीय जनता प्रशासनविरुद्ध सडकमा उत्रेका छन्।

बीबीसीका अनुसार स्पेनको वेलेन्सियामा हजारौँको सङ्ख्यामा स्थानीयहरू क्षेत्रीय प्रमुखको राजीनामा माग गर्दै सडकमा उत्रेका छन्।

गत अक्टुबरमा भेलेन्सिया र अन्य प्रान्तमा मुसलधारे वर्षा पछि आएको बाढीका कारण २ सयभन्दा बढीको मृत्यु भएको थियो। ८० जना अझै बेपत्ता छन्।

प्रदर्शनकारीले स्थानीय अधिकारीहरूले बाढीबारेको चेतावनी ढिलोगरी दिएको आरोप लगाएका छन्।

प्रदर्शनकारी र प्रहरीसँग झडप पनि भएको छ।

प्रकाशित: २५ कार्तिक २०८१ ११:२६ आइतबार

#spain #Flood in spain