अन्तर्राष्ट्रिय

अस्ट्रेलियाले अण्डर १६ का लागि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउँदै

अस्ट्रेलियाले बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने तयारी गरेको छ। अस्ट्रेलियन सरकारले  १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने तयारी गरेको हो। 

यसका लागि सरकारले आगामी साता संसदमा कानून पेश गर्ने बताएको छ। यो सँगै,बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउनेमा अस्ट्रेलिया विश्वकै पहिलो मुलुक बन्ने भएको छ।

प्रधानमन्त्री एन्थोनी अल्बानीजले आगामी हप्ता संसदमा पेश गरिने प्रस्तावित कानुनको उद्देश्य सामाजिक सञ्जालले अस्ट्रेलियाली बालबालिकालाई पुर्‍याइरहेको हानि कम गर्ने उद्देश्यले प्रेरित भएको बताए।

बालबालिकाको स्वास्थ्य र भविष्यप्रति चिन्तित सम्पूर्ण आमा बुबाको समस्या समाधान गर्न नयाँ कानुनले सहयोग गर्ने प्रधानमन्त्री अल्बानीजले बताए। 

'यो आमा र बुवाहरूका लागि हो । म जस्तै तिनीहरू पनि हाम्रा बालबालिकाको अनलाइन सुरक्षाको बारेमा चिन्तित छन्।अष्ट्रेलियाली परिवारहरूलाई थाहा छ कि सरकार तपाईंको साथमा छ',उनले भने।  

प्रकाशित: २३ कार्तिक २०८१ १३:५० शुक्रबार

#australia