अन्तर्राष्ट्रिय

आफ्नो पूर्ववर्ती युद्ध रणनीति जारी राख्ने हिजबुल्लाहका नयाँ नेताको घोषणा

हिजबुल्लाहका नयाँ नेता शेख नइम कासिमले आफ्नो पूर्ववर्ती सय्यद हसन नसरल्लाहले गाजा मोर्चालाई समर्थन गरेर अपनाएको युद्ध रणनीति जारी राख्ने बताएका छन्। 

आफ्नो कार्यक्रम राजनीतिक, जिहादी, सामाजिक र सांस्कृतिक सबै क्षेत्रहरूमा सैयद हसन नसरल्लाहको कार्यक्रमको निरन्तरता रहेको बताए। कासिमले हिजबुल्लाहको नयाँ महासचिवको रूपमा आफ्नो नियुक्ति पछि आफ्नो पहिलो टेलिभिजन भाषणमा यस्तो टिप्पणी गरेका हुन्।

कासिमले गाजा क्षेत्रमा इजरायलले निम्त्याएको खतराको सामना गर्न गाजालाई समर्थन गर्न आवश्यक रहेकोमा जोड दिएका छन्।

प्रकाशित: १६ कार्तिक २०८१ ०९:२९ शुक्रबार

#Hizbullaha