अन्तर्राष्ट्रिय

ट्रम्पको धम्कीबाट अमेरिकालाई जोगाउन ओवामाको अपिल

 

पूर्व प्रथम महिला मिशेल ओवामाले डोनाल्ड ट्रम्पको खतराबाट देशलाई बचाउन आग्रह गरेकी छन्। 

पहिलो पटक राष्ट्रपति उमेद्वार कमला ह्यारिसको चुनावी अभियानमा सहभागी भएकी ओबामाले देशको रक्षा गर्नका लागि ह्यारिसलाई भोट गर्न अपिल गरेकी हुन्। 

मिशिगन राज्यको चुनावी कार्यक्रममा उमेद्वार ह्यारिससँगै उपस्थित भएकी ओवामाले ट्रम्पको धम्कीबाट देशलाई जोगाउनु पर्ने बताइन्। राष्ट्रपति पदका दुवै उमेद्वार मिशिगन राज्यको चुनावी अभियानमा व्यस्त छन्। 

सोही राज्यमा भएको अर्को कार्यक्रममा ट्रम्पले मिशिगनका नागरिकले नया जीवनका लागि पनि आफुलाई मत दिने विश्वास गरे। मिशिगन राज्यको मत राष्ट्रपति निर्वाचनका लागि निर्णायक मानिन्छ। 

सो राज्यमा दुवै उमेद्वारको कडा प्रतिष्पर्धा देखिन्छ।  राष्ट्रपति पदको निर्वाचन आगामी नोभेम्वर ५ मा हुँदैछ।

प्रकाशित: ११ कार्तिक २०८१ १०:३७ आइतबार

#Kamala Harris #First Lady Michelle Obama