अन्तर्राष्ट्रिय

हाशिम मारिएको हिजबुल्लाहद्वारा पनि पुष्टि

हिजबुल्लाहले आफ्ना नेता हाशिम सफिद्दीन इजरायली आक्रमणमा मारिएको पुष्टि गरेको छ।

यसअघि मंगलबार इजरायलले हाशिम मारिएको पुष्टि गरेको थियोे। तर, हिजबुल्लाहले भने बुधवार मात्रै हाशिम मारिएको पुष्टि गरेको हो।

बीबीसीका अनुसार लेबनानमा सक्रिय आतंकी संगठन हिजबुल्लाहले हाशिमको मृत्युको पुष्टि गर्दै इजरायलले तीन साता अघि गरेको हवाई आक्रमणमा हसन नसरल्लाहका उत्तराधिकारी हाशिम मारिएको बताएको हो।

इजरायली सेनाले गत ४ अक्बटुबरमा गरेको आक्रमण पछि नेता हाशिम सम्पर्कबिहीन भएको हिजबुल्लाहले बताएको थियो।

प्रकाशित: ८ कार्तिक २०८१ ०७:३० बिहीबार

#hashim safiddin #hijbullah