अन्तर्राष्ट्रिय

म्यान्मारमा डुङ्गा डुब्दा ११ जनाको मृत्यु, १९ वेपत्ता

फाइल तस्बिर

म्यान्मारको दक्षिणी तटस्थित अन्डमान सागरमा डुङ्गा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ।

करिब ३० जना बोकेको डुङ्गा डुबेपछि उद्धारका लागि खटिएका उद्धारकर्ताहरूले ११ जनाको शव पानीबाट बाहिर निकालेका छन्।

दक्षिणी तानिन्थारी क्षेत्रको क्याउक कर गाउँका एकजना भिक्षुले नाम नबताउने सर्तमा  भने, 'हामीले आइतबार राति १० वटा र सोमबार बिहान एउटा शवलाई पानीबाट बाहिर निकालेका छौँ।' 

भिक्षुका अनुसार डुङ्गामा अधिकांश विद्यार्थीहरू थिए उनीहरु दुई हप्ताको बिदापछि गाउँबाट म्येइक सहर फर्किरहेका थिए।

डुङ्गा अत्यधिक भारमा कारण डुबेको जनाइएको छ। स्थानीयहरूले मृत शरीरको पहिचान गरी दाहसंस्कार गरिसकेका छन् भने स्थानीय तथा उद्धार टोलीहरूले बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेका छन्।

म्यान्मामा समुद्र तट र नदीहरूमा डुङ्गालाई आवतजावतका लागि यातायातको साधनको रूपमा प्रयोग गर्ने गरिन्छ। डुङ्गा दुर्घटनाका कारण म्यान्मामा असामहिक मृत्यु हुने जोखिम पछिल्लो समय बढेको देखिन्छ। समुद्रमा हुने यस्ता दुर्घटनामा पर्नेहरूको विरलै रूपमा सकुशल उद्धार हुने गरेको छ। रासस

प्रकाशित: ५ कार्तिक २०८१ १३:२६ सोमबार

#myanmar #ship accident