अन्तर्राष्ट्रिय

इजरायली आक्रमणमा हमास प्रमुख सिनवारको मृत्यु

<br>

इजरायली सेनाको आक्रमणमा हमास प्रमुख याह्या सिनवारको मृत्यु भएको छ।

इजरायली विदेश मन्त्री इजरायल कात्जले बिहीवार गाजामा इजरायली सेनाले चलाएको एक अभियानमा हमास प्रमुख सिनवारको मृत्यु भएको पुष्टि गरेका छन्।

गत वर्ष अक्टुबरमा इजरायलमाथि भएको आक्रमणको सिनवार प्रमुख योजनाकार रहेको इजरायलले बताउँदै आएको थियो।

यता, हमासको तर्फबाट हालसम्म सिनवारको मृत्यु भए नभएको बारे कुनै प्रतिक्रिया आएको छैन।

यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले दुश्मन मारिए पनि युद्ध अझै जारी रहने बताएका छन्।

प्रकाशित: २ कार्तिक २०८१ ०६:१६ शुक्रबार

#isrel #hamas