अन्तर्राष्ट्रिय

नाइजेरियामा इन्धन ट्याङ्कर विस्फोट हुँदा १ सय ४७ जनाको मृत्यु

उत्तरी नाइजेरियामा भएको एक विस्फोटमा एक सय ४० भन्दा बढी मानिसको मृत्यु भएको छ।

उत्तरी जिगावा राज्यमा दुर्घटनाग्रस्त ट्याङ्करबाट पोखिएको इन्धन सङ्कलन गर्ने क्रममा १ सय ४७ जनाको मृत्यु भएको बताइएको छ।

नाइजेरियाले हालसम्मकै सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको बेला बहुमूल्य  पदार्थ बनेको इन्धन विस्फोट भएको हो।

प्रहरीका अनुसार इन्धन ट्याङ्करले अर्को सवारी साधनलाई बचाउन खोज्दा जिगावा राज्यको माजिया शहरमा दुर्घटनाग्रस्त भएको थियो।

प्रहरी प्रवक्ता लवान शिइसु आदमका अनुसार, दुर्घटना पछि स्थानीय बासिन्दाहरू ट्याङ्कर वरिपरि भेला भएर सडक र नालीमा चुहिएको इन्धन सङ्कलन गर्दै थिए।

राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सी (एनइएमए) का प्रवक्ता नुरा अब्दुल्लाहले  मृतकको सङ्ख्या अझै बढ्न सक्ने बताएका छन्।

प्रकाशित: १ कार्तिक २०८१ ०६:१७ बिहीबार

#nigeria #petrol