अन्तर्राष्ट्रिय

बङ्गलादेशमा डेङ्गु सङक्रमण उच्च

बङ्गलादेशमा डेङ्गी सङ्क्रमण उच्च बन्दै गएको छ। गत जनवरीदेखि  हालसम्म डेङ्गी सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २१० पुगेको छ।

गत सेप्टेम्बरमा ८० जनाको मृत्यु भएको तथा चालु महिनामा हालसम्म ४७ जनाको मृत्यु भइसकेको बङ्गलादेशको स्वास्थ्य सेवा महानिर्देशनालय (डिजिएचएस) ले जनाएको छ।

डिजिएचएसका अनुसार गत २४ घण्टामा डेङ्गीको ९१५ वटा नयाँ सङ्क्रमण पुष्टि भएको  छ भने यस महिनाको कुल सङ्क्रमण सख्या दश हजार ८७२ पुगेको छ।

यस वर्ष अहिलेसम्म ४१ हजार ८१० डेङ्गीका घटना दर्ता गरेको डिजिएचएसले जनाएको छ भने  थप फैलावट रोक्न, बङ्गलादेशी स्वास्थ्य अधिकारीहरूले लामखुट्टे नियन्त्रण अपरेसनहरू सञ्चालन गर्ने जनाएका छन्।

बङ्लादेशमा सन् २०२३ मा डेङ्गी सङ्क्रमण बाट एक हजार ७०५ जनाको मृत्यु भएको थियो, जुन अहिलेसम्मको सबैभन्दा उच्च वार्षिक मृत्यु सङ्ख्या हो।

डेङ्गी ज्वरो सङ्क्रमित एडिसजातको लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो। डेङ्गी लागेक बिरामीहरुमा टाउको दुख्ने, उच्च ज्वरो आउने,  मांसपेशी र जोर्नी दुख्ने, बान्ता हुने जस्ता लक्षणहरू देखा पर्छन्। रासस 

प्रकाशित: २७ आश्विन २०८१ १३:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App