अन्तर्राष्ट्रिय

साहित्य तर्फको नोबेल पुरस्कार दक्षिण कोरियाकी हानलाई

यसवर्षको साहित्य तर्फको नोबेल पुरस्कार दक्षिण कोरियाकी हान काङ्गलाई प्रदान गरिएको छ।

उनलाई मानव जीवनको त्रासदि र त्यसमा आउने उतार–चढावका लागि गरेको लेखनको माध्यमबाट उजागर गर्नका लागि उक्त पुरस्कार प्रदान गरिएको हो।

५३ वर्षीया फिक्शन राइटर हानले २००८ मा आफ्नो उपन्यास ‘द भेजीटेरियन’ का लागि म्यान बुकर इन्टरनेशनल पुरस्कार पनि जितिसकेकी छन्।

नोबेल तर्फको साहित्य पुरस्कार प्राप्त गर्ने उनी १८ औँ महिला हुन्।

प्रकाशित: २४ आश्विन २०८१ १७:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App