अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति भन्छन्: इजरायललाई आतंकवाद विरुद्ध लड्ने अधिकार छ

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलसँग हिजबुल्लाह जस्ता आतङ्कवादी समूहहरू विरुद्ध लड्ने र आफ्नो रक्षा गर्ने अधिकार रहेको बताएका छन् । मध्यपूर्वमा बढ्दो तनाव र अन्तर्राष्ट्रिय चर्चा परिचर्चाका बिच राष्ट्रपति बाइडेनले यस्तो बताएका हुन् ।

इजरायलले आफ्नो रक्षाका लागि आतंकवादीविरुद्ध सैन्य कारबाही गर्दा सर्वसाधारणलाई भने जोगाउनुपर्ने राष्ट्रपति बाइडेनले बताए । बाइडेनले बढ्दो युद्धप्रति चिन्ता पनि व्यक्त गरेका छन् । मध्यपूर्वमा विकसित घटनाक्रम क्षेत्रीय युद्धको नजिक पुगेका पनि उनको भनाई छ ।

हालको परिस्थितिसँग जुध्ने अमेरिकी रणनीतिलाई संयुक्त राष्ट्र सुरक्षा परिषद्का साथै विश्वभरका अमेरिकी सहयोगी राष्ट्रहरूको समर्थन प्राप्त भएको पनि अमेरिकाको दाबी छ ।

प्रकाशित: १९ आश्विन २०८१ १३:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App