अन्तर्राष्ट्रिय

सलमानलाई जेल सजाय भएपछि बैष्णोइ समुदाय हर्षित

जोधपुर(राजस्थान)– भारतीय चर्चित अभिनेता सलमान खानलाई जेल सजाय भएपछि बैष्णोइ समुदाय भने खुशी भएको छ । बीस वर्षअघि कृष्णसार मारेको अभियोगमा जोधपुर अदालतले सलमान खानलाई रु १० हजार जरिवाना सहित ५ वर्ष जेल सजायपछि बैष्णोइ समुदाय खुशी भएको छ ।

बैष्णोइ समुदायले नै सलमान खान र अन्य कलाकार विरुद्द कृष्णसार मारेको अभियोगसहित मुद्दा दर्ता गरेको हो ।

भारतको मरुभूमि क्षेत्रको आदिबासी ठान्ने बैष्णोइ समुदाय आफुलाई प्रकृति प्रेमी बताउने गर्छ। बैष्णोइ समाजले आफूलाई प्रकृति प्रेमी र वन्यजन्तु संरक्षकको रुपमा प्रस्तुत गर्ने गरेको छ. यो समुदायले आफ्नो बसोबास रहेको क्षेत्रमा कृष्णसार मात्र नभइ अन्य जनावरको समेत संरक्षण हुनुपर्ने बताउँदै आएको छ । यसअघि खानलाई अर्को जनावर मारेको अभियोगमा भने अदालतले सफाइ दिएको थियो ।

प्रकाशित: २२ चैत्र २०७४ १३:३४ बिहीबार

सलमानलाई जेल सजाय भएपछि बैष्णोइ समुदाय हर्षित