अन्तर्राष्ट्रिय

दक्षिण कोरियाली लडाकु बिमान दुर्घटनाग्रस्त

सोल– दक्षिण कोरियाली सेनाको लडाकु विमान विहीबार अपरान्ह दुर्घटनाग्रस्त हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा विमानमा सवार चालक दलका सदस्य रहेका छन्।

एफ–१५के नामक उक्त विमान उत्तरी जियाङ संङ प्रान्तको चिल्गक क्षेत्रमा दुर्घटनामा परेको दक्षिण कोरियाली उड्ययन प्रवक्ताले जानकारी दिएका छन्।

आफ्नो मिसन पुरा गरि डेईगु बिमानस्थलल फर्कने क्रममा उडान भरेको १ घण्टापछि विमान दुर्घटनामा परेको बताइएको छ।

प्रकाशित: २२ चैत्र २०७४ ११:३५ बिहीबार

दक्षिण कोरियाली लडाकु बिमान दुर्घटनाग्रस्त