अन्तर्राष्ट्रिय

बङ्गलादेशले भारतसहित ५ मुलुकबाट आफ्ना राजदूतलाई बोलायो फिर्ता

बङ्गलादेशले भारतसहित ५ मुलुकबाट आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ।

बङ्गलादेशको अन्तरिम सरकारका प्रमुख मुहम्मद यूनुसले कुटनीतिक फेरबदल गर्दै भारत, बेल्जियम, अस्ट्रेलिया, पोर्चुगल र अमेरिकाबाट आफ्ना राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेका हुन्।

उनले पाँच वटै मुलुकमा रहेका आफ्ना राजदूतलाई तत्काल फिर्ता हुन भनेका छन्।

राजदूतहरूलाई फिर्ता बोलाउनुको कारणबारे भने खुलाइएको छैन।

प्रकाशित: १७ आश्विन २०८१ १२:३८ बिहीबार

#india #bangaldesh