अन्तर्राष्ट्रिय

वैज्ञानिकहरूले पत्ता लगाए सबैभन्दा बाक्लो हिमनदी

फाइल तस्बिर

वैज्ञानिकहरूले एसियाको वाटर टावर भनेर चिनिने छिङहाइ–जिजाङ पठारमा सबैभन्दा बाक्लो हिमनदी (ग्लेशियर) पहिचान गरेका छन्।

चाइनिज एकेडेमी अफ साइन्सेस (सिएएस) का शोधकर्ताहरूका अनुसार लगभग चार सय मिटरको अधिकतम नापिएको मोटाई भएको बरफ क्षेत्र दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रको सोनी काउन्टीको पुरोग काङ्गरी ग्लेशियरको हिस्सा हो।

ग्लेशियरहरूले पृथ्वीको जलवायु इतिहासको बारेमा महत्त्वपूर्ण जानकारी समावेश गर्दछन्। यसअघि वैज्ञानिकहरूले गुलियाबाट तीन सय आठ दशमलव छ  मिटरको बरफको कोर ड्रिल गरेका थिए। यो सात लाख वर्षभन्दा बढीको अवधिमा बनेको थियो।

वैज्ञानिकहरूले हाल पुरोग काङ्गरी ग्लेशियरबाट बरफको कोर निकालिरहेका छन्। उनीहरूले यो पुरानो बरफ रहेको विश्वास गरेका छन्।

‘वर्तमानमा विश्वभरका हिमनदीहरू पग्लिँदै गएका छन्। एक पटक तिनीहरू पग्लिएपछि तिनीहरूभित्र समेटिएका ऐतिहासिक अभिलेखहरू पनि हराउनेछन्’, सिएएसका विदेशी शिक्षाविद् र अमेरिकन एकेडेमी अफ साइन्सेसका सदस्य लोनी थम्पसनले भने, ‘त्यसैले ऐतिहासिक जानकारी पुनः प्राप्त गर्नका लागि बरफको कोर निकाल्नु र संरक्षण गर्नु महत्त्वपूर्ण छ।’ रासस

प्रकाशित: १५ आश्विन २०८१ ०७:२० मंगलबार

#Watertoer