अन्तर्राष्ट्रिय

इजरायली आक्रमणमा हिजबुल्लाहका प्रमुख नसरल्लाह मारिए

लेबनानको इरान समर्थित हिजबुल्लाह समूहका प्रमुख सैयद हसन नसरल्लाह मारिएका छन्।

हिजबुल्लाहले लेबनानको राजधानी बेरुतस्थित आफ्नो मुख्यालयमा इजरायली सेनाले गरेको आक्रमणमा नसरल्लाह मारिएको शनिवार पुष्टि गरेको हो।

हिजबुल्लाहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हिजबुल्लाहका महासचिव सैयद हसन नसरल्लाहले आफ्ना महान्, अमर शहीद कमरेडहरूसँग सामेल हुनुभएको छ। उहाँको मृत्यु भएको छ।’

नसरलाहले तीन दशकभन्दा बढी समयदेखि हिजबुल्लाह समुहको नेतृत्व गरेका थिए।

इजराइलले हिजबुल्लाहका नेता नसरल्लाहको हत्या भएको दाबी गरेपछि इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले सामाजिक सञ्जाल एक्समा एक विज्ञप्ति जारी गर्दै लेबनानमा इजरायली आक्रमणबारे आलोचना गरेका छन्।

सन् १९९२ मा अब्बास अल मुसावीको हत्यापछि उनी ३२ वर्षको उमेरमा हिजबुल्लाहको महासचिवमा निर्वाचित भएका थिए।

गत साता इजरायलले लेबनानमाथि आक्रमण गरेपछि नसरल्लाहले त्यसको जवाफी आक्रमण गर्ने चेतावनी दिएका थिए।

यसैबीच, ईरानको रिभोल्यूशनरी कु्र्दस फोर्सका एक शीर्ष कमान्डरको पनि इजरायली आक्रमणमा मृत्यु भएको छ।

ईरानका अनुसार अब्बास निलफोरुशानको इजरायली आक्रमणमा शनिवार मृत्यु भउको हो। उनी ईरानी कुर्दस फोर्सको डिप्टी अपरेशन्स कमान्डर थिए।  

प्रकाशित: १३ आश्विन २०८१ ०७:३२ आइतबार

#isrel #Hasan nasrallah